+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
54/3 (9.4)
Shares

मानवअधिकार फिल्म फेस्टिभल २५ मंसिरदेखि, कान्स विजेता फिल्म मुख्य आकर्षण

छनोट गरिएका अधिकांश फिल्मले विश्वप्रसिद्ध फेस्टिभलहरू कान्स, बर्लिन, भेनिस र बुसानमा सहभागिता जनाइसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको १३ औं संस्करण २५ देखि २९ मंसिरसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
  • फेस्टिभलको विषयवस्तु ‘बालअधिकार’ रहेको छ र २६ देशका ५० फिल्म प्रदर्शन गरिनेछ।
  • नेपाल मानवअधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले अन्तरक्रियात्मक प्यानल छलफल, मास्टरक्लास, फोटो प्रदर्शनी र लाइभ पेन्टिङ कार्यक्रम हुने बताए।

काठमाडौं । विश्वभरका मानवअधिकार केन्द्रित फिल्मलाई एउटै छानामुनि ल्याउने उद्देश्यले नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको १३ औं संस्करण यहाँ आयोजना हुने भएको छ ।

२५ देखि २९ मंसिरसम्म आयोजना हुने महोत्सवको विषयवस्तु ‘बालअधिकार’ छ । पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलमा आयोजना हुने फेस्टिभलमा २६ देशका ५० फिल्म प्रदर्शन हुने जनाइएको छ ।

छनोट गरिएका अधिकांश फिल्मले विश्वप्रसिद्ध फेस्टिभलहरू कान्स, बर्लिन, भेनिस र बुसानमा सहभागिता जनाइसकेका छन् ।

कान्सको शीर्ष सम्मान पाल्म दे ओर विजेता छोटो फिल्म ‘आई एम ग्ल्याड यू आर डेड नाउ’ महोत्सवको प्रमुख आकर्षण हो । प्यालेस्टाइन, फ्रान्स र ग्रीसको सह-निर्माणमा बनेको यस फिल्मले बाल्यकालीन रहस्य र आघातलाई लिएर दुई दाजुभाइबीच निम्तिएको गहिरो तनावलाई देखाउँछ ।

कान्समै प्रिमियर भएको ‘नाभी लिली’ महोत्सवको अर्को आकर्षण हो । चीनको युनान प्रान्तस्थित ९ वर्षीया लिलीको साधारण जीवनमा अचानक एउटा घटनाले ल्याएको क्षतिलाई यस देखाउँछ ।

बजिका भाषामा बनेको पहिलो फिचर फिल्म ‘आजुर’ पनि यस महोत्सवमा देखाइनेछ । यसले ग्रामीण बिहारमा सामाजिक अवरोधको विरुद्धमा विद्यालय जान कटिबद्ध सलोनी नामक पात्रमार्फत शिक्षाको महत्वलाई दर्शाउँछ ।

फिचर वृत्तचित्र खण्डमा ‘रेड लाइट टु लाइमलाइट’, ‘सट द भ्वाइस अफ फ्रिडम’ लगायत विश्वचर्चित वृत्तचित्र देखाइनेछ । ‘रेड लाइट टु लाइमलाइट’ कोलकाताका यौनकर्मीको दैनिक जीवनलाई पर्दामा उतारेको छ ।

ती यौनकर्मीका छोराछोरीमा सिनेमा निर्माण सम्बन्धी तालिमले ल्याएको आशा र परिवर्तनलाई यसले देखाएको छ । यो फिल्म ४१ औँ आईडीए अवाड्र्समा दुई विधामा मनोनित भएको थियो ।

“महोत्सवको क्रममा विश्वभरका फिल्म निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीको उपस्थितिमा अन्तरक्रियात्मक प्यानल छलफल, मास्टरक्लास, फोटो प्रदर्शनी, लाइभ पेन्टिङलगायत विभिन्न कार्यक्रम पनि आयोजना गरिने नेपाल मानवअधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?