+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
119/6 (18.6)
Shares

जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्छ : सुनिता डंगोल

उनले भनिन्, ‘चाहे कार्यपालिकामा होस्, चाहे त्यो नगरसभामा होस् । सबैको सहमतिमा अघि बढनुपर्ने हुन्छ । त्यसले आज वाचा गरेर भोलि पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १७:३०

१९ मंसिर, काठमाडौं । काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग गरिएका वाचा पूरा गर्न नसकिने हो कि भन्ने कुराले आफूलाई डर लाग्ने गरेको बताएकी छन् ।

१४औं काठमाडौं महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

सबै कुराहरू आफ्नै हातमा भइदिएको भए आफूले जनतासँग गरेका वाचाहरू पूरा गर्न सजिलो हुने उनको भनाइ थियो ।

कतिपय एकल अधिकारमा नपर्ने कुराहरू पनि हुनाले त्यसलाई सम्पादन गर्न सामूहिक रूपमा सरसल्लाह गर्नुपर्ने उनले बताए ।

उनले भनिन्, ‘चाहे कार्यपालिकामा होस्, चाहे त्यो नगरसभामा होस् । सबैको सहमतिमा अघि बढनुपर्ने हुन्छ । त्यसले आज वाचा गरेर भोलि पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ ।’

वाचाअनुसार काम गरेको खै त भनेर जनताले खोजीनीति गर्नेबारे आफू जानकार रहेको भन्दै उनले जनताको आकांक्ष अनुसारको काम क्रमशः गर्दै जाने बताइन् ।

उनले अगाडि भनिन्, ‘यहाँको सेवा, सुविधाका कुरा छन् । स्वास्थ्य बीमाको कुरा उठाउनुभएको छ । त्यो सल्लाह गरेर पूरा गर्छौं ।’

महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको प्रति उनले प्रशंसा गरिन् ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूको स्वास्थ्य बीमामा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने उनले आश्वासन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?