+

विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै

२०८२ मंसिर  २० गते ११:०५ २०८२ मंसिर २० गते ११:०५
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै

२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्दैछ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ ।

आज विराटनगरले ४ परिवर्तन गरेको छ । जर्ज मन्से, साहिल पटेल, नारायण जोशी र सुवास भण्डारी बाहिरिएका छन् । मार्टिन गप्टिल, सूर्य तामाङ, शंकर राना र नरेन भट्ट टिममा आएका छन् ।

सुदूरपश्चिमले आजको खेलमा दुई विदेशी खेलाडी परिवर्तन गरेको छ । क्रिस लिन र स्कट कुग्लेइनको स्थानमा जोश ब्राउन र ध्रुव पराशर खेल्दै छन् ।

दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ ।

सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ । उसले अपराजित यात्रा जारी राख्दै आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा छ ।

एनपीएल विराटनगर किंग्स सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय