+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

डु प्लेसी र हिजलेटको आक्रमक ब्याटिङमा सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते १४:०३

काठमाडौं । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ ।

सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।

यो जितपछि ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने पक्का भएको हो ।

७ खेलबा६ ५ जित र २ हारको नतिजाबाट विराटनगर र काठमान्डुले समान १० अंक जोडेपनि नेटरनरेटमा विराटनगरले काठमान्डुलाई पछि पार्दै लिगमा दोस्रो भएको हो ।

यसअघि नै शीर्ष स्थानमा रहने पक्का भइसकेको सुदूरपश्चिमले आजको खेलमा स्कट कुगेलेइन क्रिस लिन जस्ता खेलाडीहरुलाई आराम दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १४७ रन बनाएको थियो । विराटनगरले उक्त लक्ष्य १३।५ ओभर अगाडि नै पूरा गरेमा काठमाडौंलाई पछि पार्दै दोस्रो हुने थियो ।

त्यही अनुसा फाफ डु प्लेसी र साम हिजलेटले आक्रमक ब्याटिङ गरेपछि १४८ रनको लक्ष्य विराटनगरले १३। ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ५१ रन बनाए भने डु प्लेसीले ५० रन बनाए ।

१४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि फाफ डु प्लेसी र साम हिजलेटले ओपनिङ गर्दै आक्रमक सुरुवात दिलाएका थिए । यो जोडीले पावरप्लेमा अहिलेसम्मकै कीर्तिमानी ८७ रनको साझेदारी गर्‍यो । यस्तै डु प्लेसीले १९ बलमै अर्धशतक बनाउँदै एनपीएलमा संयुक्त रुपमा दोस्रो छिटो अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै अर्को बलमा उनी आउट भए । २० बल खेलेका डु प्लेसीले ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै हिजलेट पनि अर्धशतक बनाएलगत्तै आउट भए । हिजलेटले २७ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५१ रन जोडे ।

यस्तै वान डाउनमा ब्याटिङ गरेका मार्टिन गप्टिलले पनि आक्रमक ब्याटिङ गर्दै ९ बलमा २२ रन योगदान गरे । यसक्रममा उनले ३ छक्का प्रहार गरे ।

प्रतिश जिसीले ३ बलमा २ छक्का मदतमा अविजित १३ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका लागि अविनश बोहराले २ तथा हर्मित सिंहले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका ३ छकक् मदतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३८ रन जोड । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।

यस्तै ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?