+
+
WC Series
चितवन राइनोज 2025
109/6 (18.4)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते १६:४७

२० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताका लागि जति गर्नुपर्थ्यो त्यो गर्न नसकेकोमा आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

शनिबार मधेश प्रदेशको जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामीले जति गर्न सक्नुपर्थ्यो त्यति गर्न नसकेकोमा हामी जनताका सामु आत्मालोचना हुनुपर्छ,’ श्रेष्ठले भनेका छन् ।

उनले मधेश पहाड र हिमालाई एकताबद्ध गराउन नसके पार्टी निर्माणमा अघि बढ्न नसक्ने जिकिर गरे ।

‘हामीले मधेश पहाड र हिमालाई एकताबद्ध गराउन सकेनौं भने, मधेशी जनतालाई अधिकार सम्पन्न र विकसित गर्न सकेनौं भने हामीले नेपालको राष्ट्रिय एकता, राष्ट्रिय एवं भौगोलिक विकासको रक्षा र नेपालाई सम्पन्न बनाउन सक्दैनौं,’ उनले भने ।

कांग्रेस एमाले लगायत र मधेशवादी दलहरूले मधेशमा सत्ता सञ्चालन गर्न नसकेपछि आफूहरूले जिम्मा लिएको बताए ।

भिजन निर्माण र वैचारिक, सैद्धान्तिक कुरामा आफूहरू प्रष्ट रहेको उनले बताए । उनले पार्टी एकतामात्रै गरेर नहुने बताउँदै सुदृढ बनाउनुपर्ने बताए ।

‘पार्टी एकतामात्रै गरेर हुँदैन, यो पार्टीलाई सुदृढ बनाउनपर्छ,’ उनले भने, ‘भ्रष्टाचार गर्ने, घुस खाने हाम्रो पार्टीमा छैनन् भन्ने बनाउनुपर्ने हुन्छ । विधि पद्धतिमा अनुशासित पार्टी बनाउनुपर्छ ।’

भ्रष्टाचारीलाई पार्टीबाट हटाउन शुद्धिकरण अभियान चलाउनुपर्ने पनि उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?