News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्डेन शिल्ड ब्याट्रीले स्टिल नेल पेनेट्रेसन, पानी डुबाउने, आगोमा एक्सपोजर र इम्प्याक्ट परीक्षणमा सफलतापूर्वक सुरक्षा प्रमाणित गरेको छ।
- यो ब्याट्री ५,००० भन्दा बढी चार्ज साइकलसम्म टिक्ने गरी डिजाइन गरिएको छ र १० देखि १५ वर्षसम्म प्रयोग गर्न सकिन्छ।
- गोल्डेन शिल्ड ब्याट्रीले ३ सी अल्ट्रा फास्ट चार्जिङ प्रविधिबाट १० मिनेटमा २० देखि ८० प्रतिशत चार्ज पूरा गर्ने क्षमता राख्छ।
२२ मंसिर, काठमाडौं । नेपालको विद्युतीय मोबिलिटी तीव्र गतिमा अघि बढिरहेका बेला एउटा नयाँ पुस्ताको ब्याट्री प्रविधि चर्चामा छ ।
हाल दिपल ईभीमा प्रयोग भइरहेको सीएटीएल र चांगान अटोमोबाइलको साझेदारीमा विकसित गोल्डेन शिल्ड ब्याट्रीले कठोर परीक्षणमा सफललता प्राप्त गरेको छ । सबैभन्दा लामो समय चल्ने र सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्रीका रुपले यो चर्चामा छ ।
स्टिल नेल पेनेट्रेसन परीक्षणमा ब्याट्रीले सफलता पाएको छ । दुई वटा ५ एमएमको नेल पेनेट्रेसन गरिए पनि यसबाट थर्मल रनअवे हुँदैन । त्यस्तै पूरै ब्याट्री प्याक ६० मिनेट पानीमा डुबाउँदा पनि चुहावट, धुँवा र आगो देखिँदैन ।
१४० सेकेन्ड प्रत्यक्ष आगोमा एक्सपोजर गर्दा पनि विस्फोट नभएको परीक्षणका क्रममा पाइएको छ, जुन चिनियाँ राष्ट्रिय मापदण्डको लगभग दोब्बर हो । साथै पाँच मिटर माथिबाट खसालेर इम्प्याक्ट परीक्षण गर्दा पनि यसको संरचना सुरक्षित रहेको पाइएको छ ।
यस्तो सुरक्षा गोल्डेन शिल्डमा भएको सैन्य स्तरको इन्सुलेसन, २०० डिग्री ताप सहन सक्ने क्षमता र नानो फाइबर सेपेरेटरका कारण सम्भव भएको हो ।
साथै एआईमा आधारित डाइग्नोस्टिकले हरेक सेलाई मिलिसेकेन्डमा निगरानी गर्छ, जसले गोल्डेन शिल्डलाई सबैभन्दा सुरक्षित ईभी ब्याट्रीका रुपमा आफूलाई स्थापित गरेको छ ।
बाहनभन्दा लामो समय चल्ने ब्याट्री
गोल्डेन शिल्डको दोस्रो बलियो पक्ष यसको दीर्घायु हो । अधिकांश इभी ब्याट्री १,२०० देखि २,००० साइकलमा आफ्नो क्षमता गुमाउन थाल्छन् ।
तर गोल्डेन शिल्ड ५,००० भन्दा बढी पूर्ण चार्ज साइकलका लागि डिजाइन गरिएको हो । यसले १० देखि १५ वर्षको दैनिक प्रयोग वा ४ देखि ६ लाख किलोमिटर बराबरको जीवन प्रदान गर्छ । यसको अप्टिमाइज्ड एलएफपी केमेस्ट्री, मल्टी ग्य्राडियन्ट इलेक्ट्रो र फास्ट आयन ग्य्राफाइटले सेलको बुढ्यौली ढिलो गराउँछ ।
प्रत्येक सेल ६,८०० गुणस्तर जाँच र १०,००० डेटा बिन्दुबाट निगरानी गरी उत्पादन हुन्छ जसले अत्यन्तै न्युन डिफेक्ट रेट सम्भव बनाउँछ ।
१० मिनेटमा ८० प्रतिशत चार्ज
गोल्डेन शिल्ड सुरक्षित र टिकाउ मात्र नभई सबैभन्दा छिटो चार्ज हुने ब्याट्री पनि हो । ३ सी अल्ट्रा फास्ट चार्जिङले २० देखि ८० प्रतिशत चार्ज मात्र १० मिनेटमा पुर्याउँछ । साथै चिसो क्षेत्रमा पल्स हिटिङ प्रविधिले ब्याट्रीलाई छिटो तताएर ‘विन्टर रेन्ज लस’लाई कम गर्छ ।
प्रतिक्रिया 4