+

रेनुले एसियन युथ पारा गेम्स खेल्ने

२०८२ मंसिर  २२ गते १५:०५ २०८२ मंसिर २२ गते १५:०५
रेनुले एसियन युथ पारा गेम्स खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल तेक्वान्दो संघले एसियन युथ पारा गेम्स २०२५ मा सहभागी खेलाडी रेनु तामाङ र प्रशिक्षक कविराज नेगीलाई विदाइ गरेको छ।
  • रेनु तामाङ के–४४ वर्गको महिला ४७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् र टोली डिसेम्बर ७ मा दुबई प्रस्थान गर्नेछ।
  • एसियन युथ पारा गेम्स २०२५ मा ३५ राष्ट्रका १,५०० खेलाडी ११ खेलमा प्रतिस्पर्धा गर्नेछन् र दुबईले दोस्रोपटक प्रतियोगिता आयोजना गर्दैछ।

२२ मंसिर, काठमाडौं ।  यूएईको दुबईमा डिसेम्बर ७ देखि १४ सम्म हुने एसियन युथ पारा गेम्स २०२५ मा सहभागी हुन खेलाडी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई नेपाल तेक्वान्दो संघले सोमबार विदाइ गरेको छ।

पारा तेक्वान्दोअन्तर्गत रेनु तामाङले के–४४ वर्गको महिला ४७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्। नेपाली टोली सोमबार राति दुबई प्रस्थान गर्ने प्रशिक्षक लामाले जानकारी दिएका छन्।

यसपटक दुबईमा हुने पारा तेक्वान्दो प्रतियोगितामा १८ राष्ट्रका ९० खेलाडी सहभागी हुँदैछन्। प्रतियोगिता डिसेम्बर १२ र १३ मा दुबईको हायर कलेज अफ टेक्नोलोजीमा हुनेछ।

पछिल्लो संस्करण सन् २०२१ मा बहराइनमा भएको प्रतियोगितामा इरान ३ स्वर्णसहित शीर्षस्थानमा रह्यो। उजबेकिस्तानले २ स्वर्ण जित्यो भने थाइल्यान्ड, नेपाल, कोरिया र बहरैनले एक–एक स्वर्ण पदक हात पारेका थिए।

यस संस्करणमा ३५ राष्ट्रका १,५०० पारा खेलाडी ११ खेलमा प्रतिस्पर्धा गर्दैछन्। दुबईले दोस्रोपटक एसियन युथ पारा गेम्स आयोजना गर्न लागेको हो ।

एसियन युथ पारा गेम्स २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय