+
+
Shares

अख्तियारका आयुक्त सिलवाल अवकाशमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १२:२८

२३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अवकाश भएका छन् । ६५ वर्षे उमेरहदका कारण उनी सोमबारदेखि अख्तियारबाट विदा भएका हुन् ।

उनी चार वर्ष १० महिना अख्तियारको आयुक्त भएर काम गरे । उच्च अदालतको न्यायाधीश रहेका सिलवाल उच्च अदालत पोखराको कामू मुख्यन्यायाधीश पदबाट राजिनामा दिएका थिए ।

त्यसपछि संवैधानिक परिषदले उनलाई अख्तियारको आयुक्तमा सिफारिस गरेको थियो । सिलवाल २१ फागुन, २०७७ मा अख्तियारको आयुक्त भएका थिए ।

सोमबार अख्तियारमा आयोजित विदाई कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले सिलवाललाई विदाई गरे । उनको अवकाशपछि अख्तियारमा एक आयुक्तको पद रिक्त भएको छ ।

४१ वर्ष सार्वजनिक पदमा रहेका आयुक्त सिलवाल अख्तियारमा नियुक्त हुनुअघि करिव ११ वर्ष उच्च अदालतको न्यायाधीश भएका थिए ।

त्यसअघि उनी २५ वर्ष त्रिभुवन विश्वविद्यालय र अरु कलेजमा कानूनको प्राध्यापन गरेका थिए । सिलवाल काठमाडौं स्कूल अफ ल को संस्थापक मध्ये एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?