+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

नेटफ्ल्क्सिले १३० करोड भारुमा किन्यो ‘धुरन्धर’ को ओटीटी राइट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंहको फिल्म 'धुरन्धर'ले प्रदर्शनको पहिलो ४ दिनमा भारतमा १२६.२५ करोड भारु र विश्वव्यापी १९३ करोड भारु कमाएको छ।
  • निर्माता आदित्य धरले 'धुरन्धर' को डिजिटल स्ट्रिमिङका लागि नेटफ्लिक्ससँग १३० करोड भारुको सम्झौता गरेको खुलाएका छन्।
  • 'धुरन्धर' को दुवै भाग नेटफ्लिक्समा रिलिज हुनेछन् र पहिलो भाग फेब्रुअरी ५ पछि स्ट्रिम हुनेछ।

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो कमाइ गरेको छ । २८० करोड भारुको बजेटमा बनेको फिल्मले भारतमा १२६.२५ करोड भारु कलेक्सन र विश्वब्यापी १९३ करोड भारु कमाएको छ ।

सोमबार मात्र २३.२५ करोड भारु कमाइ गरेको छ । यसले फिल्मको कमाइको गति रोकिएको छैन भन्ने संकेत दिन्छ । यसैबीच, फिल्मको ओटीटी सम्झौताको बारेमा महत्वपूर्ण खबर बाहिर आएको छ ।

निर्माता आदित्य धरले यस फिल्मको डिजिटल स्ट्रिमिङको लागि ओटीटी प्लेटफर्मसँग १०० करोड भारुभन्दा धेरैको सम्झौता गरेको विवरणहरूमा जनाइएको छ । बलिउड हंगामाका अनुसार, फिल्मको ओटीटी राइटको मूल्य निकै धेरै हो ।

शुक्रबार रिलिज भएको यो फिल्म नेटफ्ल्क्सिमा आउने निश्चित भैसकेको छ । बलिउड हंगामाले स्रोतहरूलाई उध्दृत गर्दै दाबी गरे अनुसार, नेटफ्लिक्सले रणवीर सिंहको जासूसी एक्सन फिल्मको स्ट्रिमिङ अधिकार १३० करोड भारुमा किनेको छ । यद्यपि, यसमा एउटा ट्विस्ट छ ।

विवरणअनुसार, नेटफ्लिक्ससँगको यो सम्झौता फिल्मको दुवै श्रृंखलाको लागि हो । यसको अर्थ ‘धुरन्धर भाग १’ र ‘धुरन्धर भाग २’ दुवै एउटै ओटीटी प्लेटफर्ममा रिलिज हुनेछन्, र दुवैको स्ट्रिमिङ अधिकार ६५-६५ करोड भारुमा बेचिएको छ । जियो स्टुडियो र बी६२ स्टुडियोको ब्यानरमा फिल्मलाई ज्योति देशपाण्डे, आदित्य धर र लोकेश धरले निर्माण गरेका हुन् ।

स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘आजको समयमा जब ओटीटीको मूल्य घटेको छ, यद्यपि यो एक ठूलो सम्झौताको आंकडा हो । यो रणवीर सिंहको लागि पनि ठूलो राहत हो । ‘धुरन्धर’ को दुवै भागको लागि तिरेको पैसालाई एकसाथ विचार गर्दा, यो अभिनेताको करियरको सबैभन्दा ठूलो ओटीटी सम्झौता हो ।’

यसअघि नेटफ्लिक्सले रणवीरको सन् २०२१ को स्पोट्र्स ड्रामा फिल्म ‘८३’ को ओटीटी अधिकार ३० करोड भारुमा खरिद गरेको थियो । सन् २०२३ मा रिलिज भएको ‘रकी और रानी की प्रेम कहानी’ ले ‘अमेजन प्राइम भिडियो’ लाई ८० करोड भारुको स्ट्रिमिङ अधिकार बेचेको थियो ।

यस सन्दर्भमा, ‘धुरन्धर’ को लागि यो सम्झौता एकदमै प्रभावशाली छ । विशेष गरी ‘धुरन्धर भाग २’ अझै रिलिज भएको छैन । यो फिल्म अर्को वर्ष इदको अवसरमा मार्च १९, २०२६ मा रिलिज हुनेछ ।

‘धुरन्धर’ को ओटीटी रिलिजको कुरा गर्दा, नेटफ्लिक्सका दर्शकले लामो समयसम्म पर्खनुपर्नेछ । सामान्यतया, फिल्मको थिएट्रिकल रिलिजको लागि आठ हप्ताको समय हुन्छ । यसको अर्थ यो फिल्म सिनेमाघरमा रिलिज भएको ८ हप्ता वा २ महिनापछि मात्र ओटीटीमा स्ट्रिम हुनेछ ।

“धुरन्धर’ को हकमा, यो मिति फेब्रुअरी ५ पछिको हो । त्यसैले, “धुरन्धर’ फेब्रुअरीको मध्य वा मार्चको पहिलो हप्तामा नेटफ्लिक्समा रिलिज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?