+
+
Shares

सरकार-जेनजी सम्झौतापछि सुदनले भने- अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि चुनावमा जाउँला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते २१:१२
Listen News
0:00
0:30
🔊

२४ मंसिर, काठमाडौं । द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुडले सरकारसँगको सम्झौतालाई लिएर केही हदसम्म ढुक्क भएको बताएका छन् ।

सम्झौतापछि अनलाइनखबरसँग कुरा गर्दै उनले ठूलो मेहनतपछि यति सम्झौता गर्ने अवस्थासम्म आइपुग्नु सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।

तर, यतिमै आफूहरू ढुक्क नहुने उनले बताए । यसअघि आन्दोलन संस्थागत नभई चुनावमा नजाने बताउँदै आएका सुदन अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र ढुक्क हुने र त्यसपछि आफू चुनावमा जाने बताए ।

‘अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि बल्ल ढुक्क हुन्छ । अनि बरु त्यसपछि चुनाव जाऔँला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?