Comments Add Comment

२७ वर्षीया खुश्वु बनिन् ‘मिस नेपाल यूएस’

khusbu-misraयस बर्षको ‘मिस नेपाल यूएस’को ताज खुश्वु मिश्रले जितेकी छिन् । अमेरिकाको न्यूयोर्कस्थित क्विन्स थिएटरमा आयोजना भएको चौथो संकरणमा खुश्वुले अन्य प्रतिस्पर्धीलाई उछिनेकी हुन् ।

२७ वर्षकी खुश्वु ५ फिट ४ ईन्च अग्ली छिन् । घुम्न, पौडी खेल्न, व्याटमिन्टन खेल्न रुचाउने खुश्वुले अन्य १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमेकी हुन् । उनले उपाधीसागै ५ सय डलर बराबरको छात्रावृत्ती, नेपाल आउन जाने हवाई टिकट पाउनुका साथै निर्देशक सुरज सुब्बाको नयाा चलचित्रमा काम गर्ने अवसर पनि प्राप्त गरिन् ।
यस्तै प्रतिस्पर्धामा फस्टरनर अपको उपाधी सुष्मा शर्माले जितेकी छिन् । सेकेन्ड रनरअपको उपाधी भने सुषमा अधिकारीले प्राप्त गरेकी छिन् । यी दुइले क्रमश ३ हजार र २ हजार अमेरिकी डलर छात्रावृत्ती स्वरुप प्राप्त गरेका छन् ।

कार्यक्रममा गैरआवसीय नेपाली संघका अध्यक्ष शेष घले, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधी दुर्गा भट्टराई, बंकर रविना देशराज श्रेष्ठ, निर्देशक सुरज सुब्बा ‘नाल्बो’ निणर्ायक थिए । टिकट विक्रीबाट उठेको रकम मध्येको १० प्रतिशत रकम हालसालै सिन्धुपाल्चोकमा गएको बाढीबाट पीडित बनेकाहरुलाई प्रदान गरिनेछ । miss-nepal-usa-2 miss-nepal-usa-participant

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment