+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सुन्तला र जुनारको भाउ बढ्यो, सरिफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार जुनारको भाउ प्रतिकिलो १५ रुपैयाँ बढेर १२५ रुपैयाँ पुगेको छ।
  • नेपाली सुन्तलाको भाउ शुक्रबार प्रतिकिलो ९५ रुपैयाँबाट १०० रुपैयाँमा बढेको छ।
  • सरिफाको भाउ शुक्रबार प्रतिकिलो ३३ रुपैयाँ घटेर १९२ रुपैयाँ कायम भएको छ।

२६ मंसिर, काठमाडौं । स्थानीय बजारमा सुन्तला र जुनारको भाउ बढेको छ भने सरिफाको घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो ।

आज शुक्रबार जुनारको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बिहीबार जुनार प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो १ सय २५ रुपैयाँ कायम छ ।

यस्तै शुक्रबार नेपाली सुनतलाको पनि भाउ बढेर प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी आज शुक्रबार सरिफाको भाउ प्रतिकिलो ३३ रुपैयाँ घटेको छ । हिजो बिहीबार सरिफा प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज  प्रतिकिलो १ सय ९२ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?