News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस धनुषाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस गरेको छ।
- कांग्रेसको क्षेत्रीय कमिटीले समानुपातिक तर्फ प्रफुल्ल घिमिरे र ललन चौधरी तथा महिला तर्फ उर्मिला यादवको नाम सिफारिस गरेको छ।
- धनुषा क्षेत्र नम्बर ३ मा २०७४ मा निधि पराजित भएका थिए भने २०७९ मा नेकपा एमाले नेतृ जुली महतो निर्वाचित भएकी थिइन्।
२६ मंसिर, जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस धनुषाले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको छ ।
कांग्रेसको क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्ष तर्फ निधिको एकल नाम सिफारिस गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिए ।
उनका अनुसार समानुपातिक तर्फ प्रफुल्ल घिमिरे र ललन चौधरी र महिला तर्फ उर्मिला यादवको नाम सिफारिस भएको हो ।
धनुषा क्षेत्र नम्बर ३ मा २०७४ मा निधि पराजित भएका थिए ।
तत्कालीन राजपा नेपालबाट राजेन्द्र महतो निर्वाचित भएका थिए । २०७९ को चुनावमा नेकपा एमाले नेतृ जुली महतो निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया 4