+

जनकपुर बोल्ट्सले जेबी क्रिकेट एकेडेमी सञ्चालन गर्ने

२०८२ मंसिर  २६ गते १८:०२ २०८२ मंसिर २६ गते १८:०२
जनकपुर बोल्ट्सले जेबी क्रिकेट एकेडेमी सञ्चालन गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सले 'जेबी क्रिकेट एकेडेमी' सञ्चालन गर्ने घोषणा गरेको छ।
  • एनपीएल दोस्रो सिजनका मुख्य प्रशिक्षक शिवनाराईन चन्द्रपलको उपस्थितिमा एकेडेमी घोषणा गरिएको हो।
  • चन्द्रपलले स्थानिय खेलाडीका लागि एकेडेमी राम्रो माध्यम हुने बताए।

२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर।लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने भएको छ ।

एनपीएलको पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सले शुक्रबार एक कार्यक्रम गर्दै जेबी क्रिकेट एकेडेमीको आधिकारिक घोषणा गरेको हो ।

दोस्रो सिजन मुख्य प्रशिक्षक रहेका शिवनाराईन चन्द्रपलको उपस्थितिमा एकेडेमीको घोषणा गरिएको हो । चन्द्रपलले स्थानिय खेलाडीहरुका लागि एकेडेमी राम्रो माध्यम हुने बताए।

यस्तै जनकपुरका बोर्ड अफ डिरेक्टर उत्सव सिग्देलले प्रशिक्षक चन्द्रपलसँग आगामी वर्षहरूका लागि पनि सम्झौता भएको बताए । ‘कोचसँग मल्टी इयर डिल हो र आउने वर्षमा पनि चन्द्रपल टिमसँग हुनेछन् । अहिले जनकपुर बोल्ट्सको हेड कोचको रुपमा ल्याएको हो । एकेडेमीको रुपमा चाहिँ कसरी काम गर्न सकिन्छ भनेर कुरा हुँदैछ’ उनले भने ।

मधेश प्रदेशलाई प्राथमिकतामा राखेर एकेडेमी सञ्चालन गरिने बताइएको छ ।

जनकपुर बोल्ट्स जेबी क्रिकेट एकेडेमी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय