+
+
Shares

सहकारी चोरीका व्यक्ति १० लाखसहित पक्राउ, चलेका थिए २२ वटा मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १८:३४
Listen News
0:00
0:30
🔊

२६ मंसिर, काठमाडौं । सहकारी चोरीमा संलग्न रहेको आरोप लागेका एक व्यक्ति नगदसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भएका २८ वर्षीय दीपक गजुरेल छन् । उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको  छ ।

बिहीबार मध्यराति साढे १२ बजेतिर उनले सोह्रखुट्टेमा रहेको होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल होलिडे ट्राभल्सबाट चोरी गरेको पाइएको छ । त्यसैगरी २४ मंसिरमा सिनामंगलमा रहेको राज श्री फाइनान्सबाट पनि रकम चोरी गरेको आरोप छ ।

उनीबाट प्रहरीले १० लाख २३ हजार ५ सय नगद बरामद गरेको छ ।

पक्राउ परेका गजुरेल यसअघि २२ पटकसम्म मुद्दा चलेका व्यक्ति रहेको भेटिएको छ। चोरी, सहकारी चोरी, लागु औषधदेखि अभद्र मुद्दाका २२ पटकसम्मका अभियुक्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनी जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेको पनि खुलेको छ ।

चोरी गर्दा लगाएको हुडी, स्पोर्ट जुत्ता, चाँदीको धातु, क्यानन क्यामेरालगायत उनीबाट बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?