+
+
Shares

सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १९:२४
Listen News
0:00
0:30
🔊

२७ मंसिर, काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन् ।

सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेटेका हुन् । मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाहरुको चाहानमा रजकलाई शहीद घोषणा गरिएको बताए ।

शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको र सबैले सधैं सम्झिरहने उल्लेख गरे । पत्रकारको कार्यस्थलमा मृत्यु हुने अवस्था सिर्जना हुनु दु:खद् भएको र आगामी दिनमा यस्ता घटना हुन नदिनेमा राज्य शर्तक रहेको पनि उनले बताए ।

पत्रकार रजकको २०८१ चैत्र १५ गते राजावादीहरुको गरेको आन्दोनलका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?