Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- जलविद्युत् लगानी तथा विकास कम्पनीले चुक्ता पूँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
- कम्पनीले कुल ३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको र ४९ करोड ११ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने जनाएको छ।
- कम्पनीले पुस २१ गते वार्षिक साधारणसभा तय गरेको र पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
२८ मंसिर, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले कुल ३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल ४९ करोड ११ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले पुस २१ गतेका लागि वार्षिक साधारणसभा तय गरेको छ । वार्षिक साधारणसभाका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ हाराहारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4