News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल कबड्डी संघले मलेसियामा हुने एसियन सर्कल कबड्डी प्रतियोगिताका लागि महिला र पुरुष टोली घोषणा गरेको छ।
- प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म मलेसियाको क्वालालम्पुरमा हुने नेपाल कबड्डी संघले जनाएको छ।
- महिला टोलीमा १२ खेलाडी र २ वैकल्पिक, पुरुष टोलीमा १२ खेलाडी र २ वैकल्पिक खेलाडी समावेश छन्।
१ पुस, काठमाडौं । मलेसियामा हुने महिला तथा पुरुष एसियन सर्कल कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपालको महिला तथा पुरुष टोली घोषणा भएको छ ।
अखिल नेपाल कबड्डी संघले सोमबार महिला र पुरुष टोली घोषणा गरेको छ । दुवै टोलीमा १२-१२ खेलाडी छन् भने २-२ वैकल्पिक खेलाडी समावेश गरिएको छ ।
एसियन सर्कल कबड्डी प्रतियोगिता मलेसियाको राजधानी क्वालालम्पुरमा आगामी फागुन १५ देखि १७ गतेसम्म हुने नेपाल कबड्डी संघले जनाएको छ ।
घोषित महिला टोलीमा कप्तान मानमती विष्टसहित जयन्ती बडु, अनुजा कुलुङ राई, मेनुकाकुमारी राजवंशी, नानुमाया पराजुली, मिना नेपाली, राधिका कठायत, आश्मा यादव, निशा खत्री, कलावती पन्त, विनीता पण्डित क्षेत्री र पुष्पा चौधरी छन् ।
यस्तै सृजना धानुक र कलावती विष्टलाई वैकल्पिक खेलाडीको रुपमा समावेश छन् ।
यसैगरी पुरुषतर्फ घनश्याम रोकामगर, गणेश पार्की, कल्याण भुजेल, पदमबहादुर विष्ट, सुशील चुनारा, गोविन्द खड्का, सुरज बोहरा, सागर यादव, संस्कार कुमार, प्रवीण खड्का, नीरज चन्द र सुशीलराम लोहार छन् । घनश्याम यादव र शम्सेर मियालाई वैकल्पिक खेलाडीमा छन् ।
प्रतिक्रिया 4