२ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा साढे १२ बजेसम्म १६ सय मत खसेको छ ।
रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९:१२ बजेदेखि सुरु भएको मतदान निरन्तर चलिरहेको छ ।
राति साढे बजेसम्म १६ सय प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन आयोगले विद्युतीय मेसिनबाट भोट हाल्न ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेको जनाएको छ ।
एमालेको निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान गर्ने भनिएको थियो । तर मतदान प्रक्रिया ढिलोगरी सुरू भयो र ढिलो नै चलिरहेको छ ।
मतदान निरन्तर जारी छ । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4