+

म्यान्चेस्टर सिटी र न्युकासल ईएफएल कपको सेमिफाइनलमा

२०८२ पुष  ३ गते ८:०२ २०८२ पुष ३ गते ८:०२
म्यान्चेस्टर सिटी र न्युकासल ईएफएल कपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रिमियर लिगका म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डमाथि २-० को जितसहित ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • न्युकासल युनाइटेडले फुलहामलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
  • सिटीका रायन चेर्की र साभिन्होले गोल गरे भने न्युकासलका यान विसाले अग्रता र लेविस मिलेले विजयी गोल गरे।

३ पुस, काठमाडौं । प्रिमियर लिगका म्यान्चेस्टर सिटी र न्युकासल युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डमाथि २-० को जित हासिल गर्‍यो । सिटीको जितमा रायन चेर्की र साभिन्होले १-१ गोल गरे ।

३२औं मिनेटमा चेर्कीले गोल गर्दै अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा साभिन्होले अर्को गोल थपे ।

यस्तै गएराति नै भएको खेलमा न्युकासलले फुलहामलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

खेलको १०औं मिनेटमा यान विसाले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा सासा लुकिचले बराबरी गोल गरे ।

इन्जुरी समयमा लेविस मिलेले न्युकासलका लागि विजयी गोल गरे ।

ईएफएल कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय