+
+
Shares

एमाले मतगणना अपडेट : मेसिनबाट चिप्स निकालिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा सुनाउने  

८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने, मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते ८:५०

२३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सम्पन्न भएको हो ।

मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।

अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना शुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने, मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ ।

प्रत्येक मेसिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कूल ८० मेसिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ ।

त्यसपछि मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।

महाधिवेशनस्थलमा रहेका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदानको प्रक्रिया शुरु भएपछि सम्पन्न हुन दुई दिन समय लागेको र ८० वटा मेसिनबाट मतदान भएको र एउटा मेसिनबाट एक जनाले मतदान गर्दा सवा घण्टासमेत लागेको बताए ।

छिटो छरितो कसरी गर्ने भन्ने बारेमा स्पष्ट भएको बताए । प्रविधिको प्रयोगमा चुस्ततामा कमी रहेको र धेरै कुरा विकास गर्न बाँकी रहेको अनुभव भएको बताए ।

समयमै मतदान सम्पन्न गर्न चिसो, जाडो सहेर भएपनि मतदान नरोकी सम्पन्न गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?