+
+
Shares

झुटा विवरण पेश गरेर नागरिकता, राहदानी लिएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १२:११

३ मंसिर, काठमाडौं । झुटा विवरण पेश गरेर नागरिकता, राहदानीलगायतका सरकारी कागजात लिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, झापाकै भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध लिखत कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?