+

अर्जेन्टिना र स्पेनबीच हुने ‘फिनालिसिमा’ खेलको मिति र स्थान घोषणा

२०८२ पुष  ४ गते ७:३९ २०८२ पुष ४ गते ७:३९
अर्जेन्टिना र स्पेनबीच हुने ‘फिनालिसिमा’ खेलको मिति र स्थान घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिनालिसिमा २०२६ खेल २०२६ मार्च २७ मा कतारको लुसेल स्टेडियममा हुने भएको छ।
  • यो खेल स्पेन र अर्जेन्टिनाबीच हुनेछ।
  • खेलको आयोजना कतारको स्थानीय आयोजक समितिले गर्नेछ।

४ पुस, काठमाडौं । युरोपियन फुटबल महासंघ (यूईएफए) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल)ले संयुक्त रूपमा पुरुष ‘फिनालिसिमा २०२६’ खेलको मिति, स्थान र समय सार्वजनिक गरेका छन्।

यूरोकप २०२४ को विजेता टोली स्पेन र कोपा अमेरिका २०२४ को विजेता अर्जेन्टिनाबीचको यो खेल २०२६ मार्च २७ मा कतारको लुसेल स्टेडियममा हुनेछ। खेल स्थानीय समयअनुसार राति ९ बजे सुरु हुनेछ।

महाद्वीपीय च्याम्पियन टोलीबीच हुने यो प्रतिष्ठित खेल यूईएफए र कोनमेबोलको सहकार्यमा आयोजना हुँदै आएको हो। सन् २०२२ मा इंग्ल्यान्डको वेम्ब्ली रंगशालामा भएको पहिलो संस्करणमा अर्जेन्टिनाले इटालीलाई ३–० ले हराउँदै उपाधि जितेको थियो।

खेलको आयोजना कतारको स्थानीय आयोजक समितिले गर्नेछ। टिकट बिक्री र अन्य व्यवस्थासम्बन्धी विवरण आउँदो केही हप्तामा सार्वजनिक गरिने जनाइएको छ।

अर्जेन्टिना फुटबल फिनालिसिमा स्पेन फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय