+
+
Shares

रुपन्देही जान भरतपुरको जहाजमा रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जान चितवनस्थित भरतपुर विमानस्थल जाने बुद्ध एयरको जहाज चढेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १३:५३
Listen News
0:00
0:30
🔊

४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जान चितवनस्थित भरतपुर विमानस्थल जाने बुद्ध एयरको जहाज चढेका छन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भैरहवा विमानस्लसम्म जहाजमा जाने तयारीमा बिहान ७:५५ बजेदेखि कुरिरहे पनि भैरहवाको मौसम नखुलेपछि अर्को विकल्पमार्गबाट उनी रुपन्देही जान लागेका हुन् ।

लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, रास्वपाका केही नेताहरू पनि उनीसँगै जाँदैछन् । उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ । भरतपुरबाट भने उनी सडकमार्गबाट रुपन्देही जानेछन् ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जान लागेका हुन् । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।

उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?