+
+
Shares

अस्पताल पुगेर रविले भेटे जेनजी आन्दोलनका घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १९:२८
Listen News
0:00
0:30
🔊

५ पुस, काठमाडौं । कारागारबाट रिहा भएलगत्तै चितवन हुँदै काठमाडौं आइपुगेका रास्वपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनका घाइतेलाई भेट गरेका छन् ।

शनिबार काठमाडौं आएलगतै उनले उपत्यकाका विभिन्न अस्पताल पुगेर जेनजी घाइतेसँग भेट गरेका हुन् । घाइते भेट्नुअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका थिए ।

सहकारी ठगी प्रकरणमा भैरहवा कारागार रहेका लामिछानेलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो ।

सो क्रममा रविले सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको बताए । उनले जेनजी घाइतेहरूलाई आफू साथमा रहेको बताउँदै सपना पूरा गर्न लागिपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?