+
+
Shares

५१ औं दिनमा ‘परान’ ले बाँड्यो अनाथ, असहायलाई न्यानो लुगा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १९:४८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान' ले प्रदर्शनको ५१ औं दिन बुढानिलकण्ठस्थित पवित्र समाजसेवा अनाथ आश्रममा न्यानो कपडा वितरण गर्‍यो।
  • फिल्मले ३ पुससम्म १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ र 'छक्कापञ्जा ४' र 'जारी' लाई उछिनेको छ।
  • 'परान' नेपाली फिल्मको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म बनेको छ र दीपकप्रसाद आचार्य 'काकु' ले निर्देशन गरेका छन्।

काठमाडौं । सुपरहिट फिल्म ‘परान’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । यस अवसरमा फिल्मले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा अनाथ आश्रममा न्यानो कपडा वितरण गर्‍यो ।

फिल्मले ३ पुस, बिहीबारसम्म (प्रदर्शनको ४९ औं दिन) सिनेपाः बक्सअफिसमा १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ । फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई उछिनेको छ ।

यो फिल्मले नेपाली फिल्मको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेते बनेको छ ।

५१ औं दिनको अवसरमा निर्माता, निर्देशक र कलाकारले उक्त आश्रममा आश्रितलाई न्यानो लुगा वितरण गरे ।

यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्मलाई दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?