News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली अल्ट्रा धावक अर्जुन कुलुङ राईले हङकङमा भएको द नर्थ फेस १०० किमी अल्ट्रा ट्रेल च्यालेन्ज दौडको उपाधि जितेका छन्।
- अर्जुनले १२ घण्टा २ मिनेट १७ सेकेण्डमा १०० किमी दौड पूरा गरी तेस्रो प्रयासमा विजेता बनेका हुन्।
- गोपाल तामाङ सातौं र हङकङमा बस्ने सन्तोष तामाङ चौथो स्थानमा रहेका छन्।
६ पुस, काठमाडौं । नेपाली अल्ट्रा धावक अर्जुन कुलुङ राईले हङकङमा शनिवार भएको द नर्थ फेस १०० किमी अल्ट्रा ट्रेल च्यालेन्ज दौडको उपाधि जितेका छन् ।
डिसेम्बर १९ मा राती १० बजे सुरु भएको दौडको निर्धारित १०० किमी दुरी अर्जुनले १२ घण्टा २ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
अर्जुनले तेस्रो प्रयासमा विजेता बनेका हुन् । ‘मैले तेस्रो पटक यो रेसमा भाग लिएको हो । पहिलो पटक खेल्दा तेस्रो भएको थिएँ, गत वर्ष दोस्रो भएको थिएँ र अहिले तेस्रो प्रयासमा विजेता बन्न सफल भएँ’ हङकङबाट अर्जुनले अनलाइनखबरसँग छोटो प्रतिक्रिया दिँदै भने, ‘राति सुत्ने समयमा उकालो ओरालो दौडदाँ गाह्रो भएको थियो । तर जित्दा एकदमै खुशी छु।’
यसअघि लगातार दुई पटक उपाधि जितेका फिलिपिन्सका जोन व ओनिफा दोस्रो र हङकङका वाई हुघ वोङ तेस्रो भए ।
नेपालबाट अर्जुनसँगै गोपाल तामाङले एलिट रनरअन्तर्गत प्रतिस्पर्धा गरेका थिए । गोपाल सातौं स्थानमा रहे । यस्तै हङकङमै बस्दै आएका नेपाली सन्तोष तामाङ चौथो भए ।
प्रतिक्रिया 4