News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार रिहा भएर पार्टी गतिविधिमा पुनः सक्रिय भएका छन्।
- लामिछानेको अध्यक्षतामा आज अपराह्न ४ बजे रास्वपाको केन्द्रीय समितिको बैठक बस्नेछ।
- सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए।
६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् ।
शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । केन्द्रीय समिकिो बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ । बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए । केन्द्रीय समिति बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर काठमाडौं फर्केर जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए । सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए । शुक्रबार लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने जानकारीसमेत गराएको थियो ।
प्रतिक्रिया 4