News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका आठ नाबालिकामध्ये एक गर्भवती रहेको खुलेको छ।
- गर्भवती नाबालिका र अन्य सात जनालाई अहिले 'सेफ हाउस'मा राखिएको छ।
- नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् र अनुसन्धान भइरहेको छ।
६ पुस, काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका गर्भवती रहेको खुलेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसबाट आठ नाबालिकाको उद्दार गरिएको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो । जसमध्ये एक नाबालिका गर्भवती रहेको खुलेको हो ।
नाबालिकालाई आफ्नो समस्या बताएपछि जाँच गर्दा गर्भ बसेको पाइएको स्रोतले बतायो । गर्भवती नाबालिकासहित आठै जनालाई अहिले ‘सेफ हाउस’मा राखिएको छ ।
ती नाबालिकालाई स्पामा यौनभन्दामा लगाउनेलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिएको छ ।
खाजाघर, गेस्टहाउस, स्पाहरुमा नाबालिकालाई यौनधन्दामा लगाउने गरेको सूचना आएपछि ब्यूरोले अनुसन्धान गरेको थियो । सो क्रममा ठमेलमा रहेको गोल्डेन स्पा, चाबहिलमा रहेको फायर लन्च एण्ड क्लब, बौद्धमा रहेको लक्की स्पा, मित्रनगरमा रहेको सुदूरपश्चिम खाजाघर र मित्रनगरमै रहेको खप्तड सुदूरपीश्चम गेष्टहाउसबाट आठ नाबालिकाको उद्दार गरेको थियो ।
यसका साथै नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । जसमा सिन्धुलीको दुधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बुढानिलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद छन् ।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धानअघि बढाइएको ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।
प्रतिक्रिया 4