News Summary
Generated by OK AI. Editorially reviewed.- मातृभूमि ‘ए’ ब्वाइज र बौद्ध चिल्ड्रेन गर्ल्सले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
- मातृभूमि ‘ए’ ले ब्वाइज फाइनलमा आफ्नै ‘बी’ टिमलाई ५६–२४ ले पराजित गरेको थियो।
- फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिनलाई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित गरिएको छ।
६ पुस, काठमाडौं । आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मातृभूमि ‘ए’ ब्वाइज तथा बौद्ध चिल्ड्रेन गर्ल्समा च्याम्पियन भए ।
सानोठिमीस्थित घरेलु कोर्टमा भएको ब्वाइजको फाइनलमा मातृभूमि ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५६–२४ ले पराजित गर्यो । मातृभूमि ‘ए’ का आभास राउतले १८ अंक जोडे ।
गर्ल्सको उपाधि भिडन्तमा बौद्ध चिल्ड्रेनले चेल्सी वल्र्ड स्कुललाई ३४–२८ ले हरायो । बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १८ स्कोर गरिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा गर्ल्समा मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
ब्वाइजमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा गर्ल्समा चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा प्यारागन पब्लिक र गर्ल्समा केएमसी अनुशासित टिम ठहरिए ।
विजेतालाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृति केसी पन्तले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
आठदिने प्रतियोगिताको ब्वाइज र गर्ल्समा समान ८ टिमले प्रतिस्पर्धा गरेको मातृभूमिका कोर्डिनेटर जयराम अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया 4