News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप २०२५ मा दिल्ली वन्डर्सलाई ३७ रनले हराएको छ।
- आर्मीले दिएको २१९ रनको लक्ष्य पछ्याएको दिल्ली १८१ रनमा अलआउट भएको छ।
- आर्मीका तृतराज दासले ५१ बलमा अविजित १०० रन बनाए, जुन प्रतियोगिताको पहिलो शतक हो।
६ पुस, काठमाडौं । चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप २०२५ मा त्रिभुवन आर्मी क्लबले भारतको दिल्ली वन्डर्सलाई पराजित गरेको छ ।
आर्मीले दिल्लीलाई ३७ रनले हराएको हो । आर्मीले दिएको २१९ रनको लक्ष्य पछ्याएको दिल्ली २ बल अगावै १८१ रनमा अलआउट भयो। दुसान्त राघभले ५६ रन बनाए भने मोहममद केफले ३४ रन बनाए ।
आर्मीका दुर्गेश गुप्ताले ४ तथा शाहब आलमले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । तृतराज दासले ५१ बलमा अविजित १०० रन बनाए । यो प्रतियोगिताको पहिलो शतक हो ।
कप्तान विनोद भण्डारीले ४४, इमरान शेखले ३६ र अर्जुन साउदले २१ रन बनाए । भीम सार्कीले अविजित ४ रन बनाए भने बसिर अहमद १ र नरेन साउद शून्यमै आउट भए ।
दिल्लीका दुश्यान्त राघभले ३ र कुशागरा शर्माले एक विकेट लिए ।
प्रतिक्रिया 4