+
+
Shares

रविन्द्रले सार्वजनिक गरे पशुपतिको भिडियो, भन्छन्: काठमाडौँ १ बाट चुनाव लड्दिनँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले आफू काठमाडौँ-१ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा नरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले काठमाडौँ-१ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा नरहेको बताएका छन्।
  • राणाले काठमाडौँ-१ बाट आफ्नो नाम कसले सिफारिस गरेको थाहा नभएको र त्यहाँ उम्मेदवार भएर उठ्ने नियत नभएको स्पष्ट पारेका छन्।
  • नेता रविन्द्र मिश्रले राणासँग भेटेर कुराकानी गरेको भिडियो सार्वजनिक गरेका छन् जसमा विवादित नाम सिफारिसको विषय उठाइएको छ।

७ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले आफू काठमाडौँ-१ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा नरहेको बताएका छन् ।

यहाँबाट नेता रविन्द्र मिश्रसहितको नाम पार्टीले केन्द्रमा सिफारिस गरेको थियो । तर, अर्को समूहले राणासहित केही नेताको नाम सिफारिस गरेपछि विवाद चर्किएको छ । यसैबीच मिश्रले उनै राणासँग भेटेर कुराकानी गरेको भिडियो सार्वजनिक गरेका छन् ।

सार्वजनिक भिडियोमा राणाले काठमाडौँ-१ बाट आफ्नो नाम कसले सिफारिस गरेको समेत थाहा नभएको बताएका छन् ।

‘१ नम्बर क्षेत्रमा म राम्रोसँग परिचित छैन । म त्यहाँ उम्मेदवार भएर उठ्ने कुनै नियत छँदै छैन,’ राणाले भनेका छन् ।’

मिश्रले तपाईंलाई थाहै नदिई तपाईंको नाम हालेर पठाइदिए है भनेर सोधेका छन् । जवाफमा राणाले थपेका छन्, ‘कोकोले केके गर्‍यो मलाई केही पनि थाहा छैन । यो प्रष्ट छ- म यो क्षेत्रबाट उम्मेदवार भएर उठ्ने कुनै नियत छैन ।’

फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार सिफारिसका लागि सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?