+

अफ्रिका कप अफ नेसन्स : इजिप्टले जिम्बाबेलाई हरायो

२०८२ पुष  ८ गते ९:२१ २०८२ पुष ८ गते ९:२१
अफ्रिका कप अफ नेसन्स : इजिप्टले जिम्बाबेलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफ्रिका कप अफ नेसन्स समूह 'बी' को पहिलो खेलमा मोहमद सालाहले अतिरिक्त समयमा गोल गर्दै इजिप्टलाई जिम्बाबेलामाथि २–१ को जित दिलाए।
  • जिम्बाब्वेले २०औं मिनेटमा प्रिन्स दुवेको गोलले अग्रता लिएको थियो भने ओमार मर्माउशले ६४औं मिनेटमा बराबरी गोल गरे।
  • समूह 'बी' मा दक्षिण अफ्रिकाले एङ्गोलालाई २–१ गोलअन्तरले हराएको छ र अब इजिप्टले दक्षिण अफ्रिकासँग खेल्नेछ।

८ पुस, काठमाडौं । मोहमद सालाहले खेलको अन्तिम समयमा गोल गर्दै अफ्रिका कप अफ नेसन्समा इजिप्टलाई जित दिलाएका छन् ।

समूह ‘बी’ को पहिलो खेलमा इजिप्टले जिम्बाबेलाई २–१ गोलअन्तरले हराएको हो ।

जिम्बाब्वेले २०औं मिनेटमा अप्रत्याशित रूपमा गोल गर्दै अग्रता लिएको थियो। प्रिन्स दुवेले गोल गरेका थिए ।

दोस्रो हाफको ६४औं मिनेटमा ओमार मर्माउशले बराबरी गोल गरे। खेल बराबरीमै सकिने जस्तो देखिँदा अतिरिक्त समयमा सालाहको प्रहार गोलमा परिणत भयो।

यो जितसँगै इजिप्टले समूह ‘बी’मा ३ अंक जोडेको छ । अब इजिप्टले दक्षिण अफ्रिकासँग तथा जिम्बाबेले एङ्गोलासँग खेल्नेछ ।

समूह बी कै अर्को खेलमा दक्षिण अफ्रिकाले एङ्गोलालाई २-१ गोलअन्तरले हरायो ।

अफ्रिका कप अफ नेसन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय