+
+
Shares

‘कुटुम्ब’ बूढानीलकण्ठमा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली रैथाने तथा नेवारी संगीत प्रवद्र्धन गर्दै आएको चर्चित समूह 'कुटुम्ब'ले पुस २६ गते बुढानिलकण्ठमा लाइभ प्रस्तुति दिने भएको छ।
  • कन्सर्ट बूढानीलकण्ठ नगरपालिका-१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फार्म हाउसमा साँझ ५ बजेबाट सुरु हुनेछ।
  • टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ र सीमित टिकटको व्यवस्था गरिएको छ, जसले दर्शकलाई शान्त, सुरक्षित र गुणस्तरीय अनुभव दिने लक्ष्य राखेको छ।

काठमाडौं । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको चर्चित सांगीतिक समूह ‘कुटुम्ब’ ले बुढानिलकण्ठमा लाइभ प्रस्तुति दिने भएको छ ।

बूढानीलकण्ठ नगरपालिका-१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फार्म हाउसमा पुस २६ गते (जनवरी १०) ‘कुटुम्ब लाइभ म्युजिक’ आयोजना हुने भएको हो ।

साँझ ५ बजेबाट सुरु हुने कन्सर्टमा ब्यान्डले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुन पनि प्रस्तुत गर्नेछ । नेवारी रैथाने गीतसंगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आएको ‘कुटुम्ब’ को प्रस्तुति दर्शकका लागि विशेष हुने आयोजकको विश्वास छ ।

२९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालक दिमेश श्रेष्ठ, किरण श्रेष्ठ, सुसान्त श्रेष्ठ र कुमार श्रेष्ठका अनुसार कन्सर्टको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ ।

सञ्चालक दिमेश श्रेष्ठका अनुसार, धेरै भीडभाड नहोस् र दर्शकलाई शान्त, सुरक्षित र गुणस्तरीय सांगीतिक अनुभव दिन सकियोस् भन्ने उद्देश्यले सीमित टिकटको व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?