८ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल थालेका छन् ।
अहिले राष्ट्रपति पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा छन् ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । उनी भने केहीबेरअघि शीतलनिवासबाट बाहिरिसकेकी छिन् ।
उनी बाहिरिएपछि ओली, देउवा र प्रचण्ड पुन: छलफलमा बसेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।
प्रधानमन्त्रीसहितको छलफल साढे २ घण्टा भएको थियो दिउँसो साढे ३ बजेबाट उनीहरू छलफलमा जुटेका थिए ।
छलफलका विषयहरू सार्वजनिक भएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4