+
+
Shares

रोडाढुंगा उद्योगमा एस्काभेटरले खन्दा खस्यो पहिरो, एक जनाको मृत्यु, एक जना घाइते

प्रहरीका अनुसार रोडाढुंगा उद्योगमा एस्काभेटरले खन्ने क्रममा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ पुष ८ गते २०:१६
Photo Credit : तस्बिर- शुभराज अधिकारी

८ पुस , काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

रोडाढुंगा उद्योगमा एस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका-९ बस्ने डोजर अपरेटर ३४ वर्षीय रामबहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

पहिरोमा परेर घाइते भएका पनौती नगरपालिका-१२ का ३५ वर्षीय ईश्वर गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान समेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?