+

विजय हजारे ट्रफीमा फर्किएका कोहली र रोहितको कीर्तिमानी प्रदर्शन

२०८२ पुष  ९ गते १७:३८ २०८२ पुष ९ गते १७:३८
विजय हजारे ट्रफीमा फर्किएका कोहली र रोहितको कीर्तिमानी प्रदर्शन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराट कोहलीले दिल्लीका लागि खेल्दै ३३०औं इनिङ्समै पुरुष लिस्ट–ए क्रिकेटमा सबैभन्दा छिटो १६ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका छन्।
  • रोहित शर्माले मुम्बईका लागि सिक्किमविरुद्ध ९४ बलमा १५५ रन बनाएर लिस्ट–ए क्रिकेटमा १५० भन्दा बढी रनको इनिङ्स ९ पटक खेल्ने कीर्तिमान बराबरी गरेका छन्।
  • कोहली र रोहितले विजय हजारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२७ को एकदिवसीय विश्वकप खेल्नका लागि दाबेदार बनेका छन्।

९ पुस, काठमाडौं । भारतको घरेलु एकदिवसीय प्रतियोगिता विजय हजारे ट्रफीमा लामो समयपछि फर्किएका दुई स्टार ब्याटर विराट कोहली र रोहित शर्माले शानदार प्रदर्शन गर्दै कीर्तिमान बनाएका छन् ।

कोहलीले पुरुष लिस्ट–ए क्रिकेटमा सबैभन्दा छिटो १६ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका छन्। उनले दिल्लीका लागि खेल्दै बुधबार आन्ध्र प्रदेशसँगको खेलमा उक्त उपलब्धि हासिल गरे । ३३०औं इनिङ्समै यो उपलब्धि हासिल गरेका कोहलीले यसअघि सचिन तेन्दुलकरको ३९१ इनिङ्सको कीर्तिमान तोडेका हुन् ।

कोहलीले १० हजार रनपछि प्रत्येक १ हजार रनको दूरी सबैभन्दा छिटो पूरा गर्ने रेकर्ड पनि आफ्नो नाममा राखेका छन्। लिस्ट–ए क्रिकेटमा सबैभन्दा छिटो १६ हजार रन बनाउने शीर्ष पाँच खेलाडीमध्ये भारतबाट कोहली र तेन्दुलकर मात्रै छन्।

त्यसैगरी, रोहित शर्माले मुम्बईका लागि सिक्किमविरुद्ध शानदार शतक बनाए। उनले ९४ बलमा १५५ रन बनाए, जसमा १८ चौका र ९ छक्का थिए। योसँगै रोहितले लिस्ट–ए क्रिकेटमा १५० भन्दा बढी रनको इनिङ्स ९ पटक खेल्ने डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्।

३८ वर्षको उमेरमा शतक बनाउँदै रोहित विजय हजारे ट्रफीमा शतक बनाउने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी बने।

हालै दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा कोहली ‘प्लेयर अफ द सिरिज’ बनेका थिए भने रोहितले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

टेस्ट र टी–२० क्रिकेटबाट सन्यास लिएका यी दुवै खेलाडी सन् २०२७ को एकदिवसीय विश्वकप खेल्नका लागि दाबेदार मानिएका छन्।

-क्रिकइन्फोबाट

रोहित शर्मा विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय