News Summary
Generated by OK AI. Editorially reviewed.- स्वीट्जरल्यान्डको सहयोग नियोग स्विसकन्ट्याक्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा \'टीभीईटी प्रशिक्षकको व्यावसायिक विकास\' कार्यक्रमका लागि सहयोग गर्ने सम्झौता गरेको छ।
- सम्झौतामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र स्विसकन्ट्याक्टका देशीय निर्देशक सञ्जय कार्कीले हस्ताक्षर गरेका छन्।
- स्विसकन्ट्याक्टका देशीय निर्देशक कार्कीले सम्झौताले नेपालको टीभीईटी क्षेत्रमा एक महत्त्पूर्ण कदम भएको उल्लेख गरे।
९ पुस, काठमाडौं । स्वीट्जरल्यान्डको सहयोग नियोग स्विसकन्ट्याक्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘टीभीईटी प्रशिक्षकको व्यावसायिक विकास’ कार्यक्रम सुरुवातका लागि सहयोग गर्ने भएको छ ।
यस सन्दर्भमा स्विसकन्ट्याक्ट र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौतामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र स्विसकन्ट्याक्टका नेपालस्थित देशीय निर्देशक सञ्जय कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन (टीआईटीआई) का कार्यकारी निर्देशक अनुज भट्टराईको उपस्थिति थियो । टीआईटीआईले एसिया र अफ्रिकाका गरी २६ हजाभन्दा बढी प्रशिक्षक, प्रबन्धक र पाठ्यक्रम विकासकर्तालाई तालिम प्रदान गरिसकेको छ ।
सम्झौताले प्रशिक्षकलाई प्रोत्साहन गर्ने, प्राविधिक गुणस्तर अभिवृद्धि हुने तथा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) क्षेत्रमा भविष्यको नेतृत्वकर्ता विकास हुने अपेक्षा गरिएको छ ।
सम्झौता कार्यक्रममा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल मिउलीले स्वीट्जरल्यान्डको विकास सहयोगप्रतिको प्रतिबद्धता झल्किएको बताए ।
त्यसैगरी स्विसकन्ट्याक्टका देशीय निर्देशक कार्कीले दुई संस्थाबीचको सम्झौताले नेपालको टीभीईटी क्षेत्रमा एक महत्त्पूर्ण कदम भएको उल्लेख गरे ।
प्रतिक्रिया 4