+
+
Shares

अनलाइनखबरकर्मी धिमाललाई मातृशोक

अनलाइनखबरकर्मी आर्यन धिमाललाई मातृशोक परेको छ । उनकी आमा टेकमाया धिमालको आज ६२ वर्षको उमेरमा निधन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरकर्मी आर्यन धिमालकी आमा टेकमाया धिमालको ६२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको छ।
  • टेकमायाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको थियो र उनको शव झापा पुर्‍याएर अन्त्येष्टि गरिनेछ।
  • टेकमायाका दुई छोरा र तीन छोरी छन् र अनलाइनखबर परिवारले धिमाल परिवारप्रति समवेदना व्यक्त गरेको छ।

११ पुस, काठमाडौं । अनलाइनखबरकर्मी आर्यन धिमाललाई मातृशोक परेको छ । उनकी आमा टेकमाया धिमालको आज ६२ वर्षको उमेरमा निधन भएको छ ।

झापाको साविक लखनपुर-९ घर भएकी टेकमायाको काठमाडौंमा उपचारको क्रममा आज निधन भएको हो ।

पाठेघरको क्यान्सरबाट पीडित टेकमायाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको थियो । उनको शव आजै झापा पुर्‍याएर परम्पराअनुसार अन्त्येष्टि गरिने धिमाल परिवारले जनाएको छ ।

टेकमायाका दुई छोरा र तीन छोरी छन् । अनलाइनखबरका फोटो पत्रकार आर्यन उनका कान्छा छोरा हुन् ।

अनलाइनखबर परिवार स्वर्गीय टेकमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त धिमाल परिवारप्रति समवेदना व्यक्त गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?