+

बीपीएल २०२५ : सन्दीप सम्मिलित राजशाहीको विजयी सुरुवात, शान्तोले बनाए शतक

२०८२ पुष  ११ गते १८:३१ २०८२ पुष ११ गते १८:३१
बीपीएल २०२५ : सन्दीप सम्मिलित राजशाहीको विजयी सुरुवात, शान्तोले बनाए शतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा राजशाही वारियर्सले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ।
  • नेपाली लेगस्पीनर सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका थिए।
  • सन्दीपले रोनी तालुकदारलाई बोल्ड र हजरतुल्लाह जाजाइलाई स्टम्प आउट गराएका थिए।

११ पुस, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ ।

राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो । सिलहेटले दिएको १९१ रनको लक्ष्य राजशाहीले २ बल बाँकी छँदा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नजमुल होसेन शान्तोले अविजित १०१ रन बनाए भने मुस्फिकर रहिमले अविजित ५१ रन बनाए ।

त्यसअघि सिलहेटले २० ओभरमा ५ विकेट गुमाएर १९० रन बनाउँदै राजशाहीलाई १९१ रनको लक्ष्य दिएको थियो ।

सन्दीपले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका थिए । उनले रोनी तालुकदार र हजरतुल्लाह जाजाइलाई आउट गरेका थिए ।

४१ रन बनाएर खेलिरहेका रोनीलाई बोल्ड गरेका सन्दीपले जाजाइलाई २० रनमा स्टम्प आउट गराए ।

सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय