+

बीपीएलको दोस्रो खेलमा सन्दीपले लिए एक विकेट, राजशाही भने पराजित

२०८२ पुष  १२ गते १६:२७ २०८२ पुष १२ गते १६:२७
बीपीएलको दोस्रो खेलमा सन्दीपले लिए एक विकेट, राजशाही भने पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगको दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर १ विकेट लिए।
  • सन्दीपले कप्तान मोहम्मद मिथुनको विकेट लिएका थिए र राजशाही वारियर्सलाई ढाका क्यापिटल्सले ५ विकेटले हरायो।
  • ढाकाले १३३ रनको लक्ष्य ७ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

११ पुस, काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल)को दोस्रो खेलमा नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

राजशाही वारियर्सबाट खेलिरहेका सन्दीपले शनिबार ढाका क्यापिटल्ससँगको खेलमा ४ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर १ विकेट लिए । उनले कप्तान मोहम्मद मिथुनको विकेट लिएका थिए ।

खेलमा राजशाही भने पराजित भयो । राजशाहीलाई ढाकाले ५ विकेटले हरायो । १३३ रनको लक्ष्य ढाकाले ७ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजशाहीले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय