+
+
Shares

एमाले सचिवालय बैठक दिउँसो ३ बजेसम्मलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठक बिहान ११ बजे बस्ने भनिए पनि दिउँसो ३ बजेसम्मका लागि सारिएको छ।
  • बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने विषयमा छलफल हुनेछ।
  • एमालेले समानुपातिक उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ।

१३ पुस, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो ।

११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको एक पदाधिकारीले जानकारी दिए ।

२१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको नाम रहने बन्दसूची निर्वाचन आयोगमा बुझाउनु पर्ने भएकाले यही विषयमा बैठक केन्द्रित रहने ती नेताको भनाइ छ ।

एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?