News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वउपकुलपति डा. मंगल रावल नेतृत्वको प्यानल घोषणा भएको छ।
१३ पुस, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को आगामी निर्वाचनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वउपकुलपति डा. मंगल रावल नेतृत्वको प्यानल घोषणा भएको छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका डा. रावलले शनिबार पत्रकार सम्मेलन गरी संकल्प पत्रसहित प्यानल घोषणा गरेका छन् । संकल्प पत्रमा कार्यकालभर कुनै पनि राजनीतिक नियुक्तिमा सहभागी नहुने, तालिम र अध्ययनका लागि संघको जिम्मेवारी नछाड्ने, चिकित्सकीय पेशा र हितमा कुनै हानी नपुर्याउने एजेन्डा अघि सारिएको छ ।
त्यसैगरी चिकित्सक संघका गतिविधिमा राजनीति संलग्नता नरहने, टिमका सदस्य कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने महत्वपूर्ण निर्णयमा ब्यालेटिङ प्रणाली लागू गर्ने र प्रत्येक महिना प्रगति विवरण र तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने प्रतिद्धता रावल टिमको छ ।
चिकित्सकको हितका लागि डा. टंक बराकोटी प्रतिवेदनले सुझाएका समेटेर चिकित्सक ऐन जारी गर्ने संकल्प समेत गरेका छ । ग्रामीण र दुर्गम क्षेत्रमा सेवा गर्ने चिकित्सकलाई १५ लाख सम्मको आम्दानीमा पारिश्रमिक कर छुट गर्ने एजेन्डा समेत छ ।
यस्तै, अनिवार्य नीतिगत सुधार, एनएमएअन्तर्गत प्रभावकारी रिसर्च एण्ड एडभोकेसी युनिट सञ्चालन गर्ने संकल्पका रुपममा अगाडि सारेको छ । डा. रावलको प्यानलबाट अध्यक्षमा रावल, वरिष्ठ उपाध्यक्षमा युवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी र महासचिवमा डा. कालुसिंह खत्री उम्मेदवार छन् ।
उपाध्यक्ष (प्रदेश संयोजक)हरूमा कोशी प्रदेशको उपाध्यक्षमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. टंक बाराकोटी, मधेश प्रदेशको उपाध्यक्षमा डा. उदयनारायण सिंह, बागमतीको उपाध्यक्षमा डा. अरुण शाही, गण्डकीको उपाध्यक्षमा डा. यज्ञ राज सिग्देल, लुम्बिनीको उपाध्यक्षमा डा. सन्तोष पोखरेल, कर्णालीको उपाध्यक्षमा डा. रविन खड्का र सुदूरपश्चिमको उपाध्यक्षमा डा. निरज अर्याल उम्मेदवार छन् । यसैगरी, कोषाध्यक्षमा डा. चाँदनी जयसवाल, सह कोषाध्यक्षमा डा. सुवास गुरुङ र सहसचिवमा डा. राम जीवन प्रसाद उम्मेदवार छन् ।
टिम रावलले सदस्यमा डा.अमित झा, डा. अरुण उप्रेती, डा. दिक्षा बोहोरा, डा. निरजन तामाङ, डा. पल्पसा श्रेष्ठ र जीवना अन्सारी अगाडि सारेको छ ।
प्रतिक्रिया 4