News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिभल’ सुरु भएको छ जसमा भारतबाट ४० जनासहित दुई सय बढी पत्रकार सहभागी छन्।
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले फेस्टिभलले नेपाल-भारतको सांस्कृतिक र धार्मिक सम्बन्ध बढाउने बताए।
- फेस्टिभलमा ‘सीमापार सम्बन्ध’, ‘लुम्बिनीको लगानी र पर्यटन’ र ‘पत्रकारितामा जिम्मेवारी’ विषयमा छलफल हुने कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए।
१३ पुस, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिभल’ सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लब भैरहवाको आयोजनामा न्युज फेस्टिभल सुरु भएको हो ।
महोत्सवमा छिमेकी मुलुक भारतबाट ४० जनासहित दुई सय बढी पत्रकारको सहभागिता छ । फेस्टिभल उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतको पर्यटकीय सम्भावना, साँस्कृतिक र धार्मिक सम्बन्ध बढाउन यस्ता फेस्टिभलले योगदान पुर्याउने बताए ।
दुवै देशका मिडियाले दुवै देशको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सह-अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले ठूलो जनसंख्या भएको भारतबाट पर्यटक भित्राएर नेपालको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
न्यूज फेस्टिभलअन्तर्गत ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’, ‘लुम्बिनी : लगानी र पर्यटनको सामथ्र्य ’ र ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता’ विषयमा समूहगत छलफल हुने कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए ।
कार्यक्रममा प्रेस काउन्सील नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले पत्रकारितामाथि विभिन्न प्रश्न उठेकाले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरे ।
प्रतिक्रिया 4