News Summary
Generated by OK AI. Editorially reviewed.- हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै दोस्रो जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ।
- नेपाल पुलिस क्लबले खिल्जी युवा क्लबलाई पराजित गर्दै दोस्रो जितसहित क्वाटरफाइनलमा पुगेको छ।
- पुरुषतर्फ चार समूहमा ३-३ टोली मात्र रहेकाले २ खेल जित्ने टोली क्वाटरफाइनलमा पुग्ने प्रावधान रहेको छ।
१३ पुस, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब लगातार दोस्रो जितसहित एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो खेलमा समूह ए मा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्यो । हेल्प नेपालले मणिमुकुन्दलाई २५-१६, २५-१९ र २५-२२ को सेटमा हराएको हो ।
यसअघि शनिबार भएको खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई पराजित गरेको थियो । आजको जितपछि समूह ए को विजेता बनेको छ ।
यस्तै आइतबार भएको दोस्रो खेलमा समूह ‘बी’ को नेपाल पुलिस क्लबले खिल्जी युवा क्लबलाई सोझो सेटमा पराजित गर्यो । खिल्जीविरुद्ध पुलिस २५-२१, २५-१६, २५-१६ को सेटमा हराएको हो ।
पुलिसले शनिबार पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराएको थियो । पुलिस समूह बी को विजेता रह्यो ।
पुरुषतर्फ चार समूहमा ३-३ टोली मात्र रहेकाले २ खेल जित्ने टोली क्वाटरफाइनलमा पुग्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया 4