News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टीले चलचित्र प्रदर्शक नकिम उद्दिनलाई प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ।
- काठमाण्डौ क्षेत्र नं. ५ का अभियान प्रमुख विकास गुरुङले उद्दिनको अनुभवलाई राष्ट्रिय नीति निर्माणमा उपयोग गर्ने उद्देश्यले उनको नाम सिफारिस गरिएको बताए।
- पार्टीले ११० जनाको नाम समानुपातिक उम्मेदवारको रुपमा टुंगो लगाएको छ र विभिन्न पेशागत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने रणनीति अपनाएको छ।
काठमाडौं । चलचित्र प्रदर्शक तथा क्यूएफएक्स सिनेमाजका प्रमुख नकिम उद्दिनलाई उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
काठमाण्डौ क्षेत्र नं. ५ का अभियान प्रमुख विकास गुरुङका अनुसार सृजनशील उद्योग, निजी क्षेत्र र सिनेमा प्रदर्शनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उद्दिनको अनुभवलाई राष्ट्रिय नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उनको नाम सिफारिस गरिएको हो ।
‘फिल्म तथा सृजनशील उद्योग केवल मनोरञ्जनको क्षेत्र होइन, यो रोजगारी, पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो,” गुरुङले भने, “उद्दिनजस्ता अनुभवी व्यवसायिक व्यक्तित्वको सहभागिताले नीतिगत सुधार र परिणाममुखी राजनीतिमा सहयोग पुग्ने विश्वास पार्टीले लिएको छ ।’
फिल्म निर्माण र सिनेमा प्रदर्शनको क्षेत्रमा उल्लेखनीय योगदान दिएका उद्दिन पछिल्लो समय सामाजिक, आर्थिक तथा नीतिगत विषयमा पनि सक्रिय रहँदै आएका छन् ।
उज्यालो नेपाल पार्टीले समानुपातिक सूचीमार्फत विभिन्न पेशागत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने रणनीति अनुरूप उनको नाम अघि सारेको जनाएको छ ।
केन्द्रीय सदस्य तथा फिल्ममेकर श्री गुरुङका अनुसार पार्टीले ११० जनाको नाम समानुपातिक उम्मेदवारको रुपमा टुंगो लगाएको छ ।
प्रतिक्रिया 4