Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह स्टारर बलिउड फिल्म 'धुरन्धर'ले १२ पुससम्म नेपालभर ८ करोड ९९ लाख ९३ हजार २८८ नेरु कमाएको छ।
- फिल्म 'अवतार : फायर एन्ड यश'ले ४ करोड ६५ लाख ७५ हजार ४७० नेरु र 'तेरे इश्क मेँ'ले ३ करोड ६२ लाख ७ हजार ५८८ नेरु कमाएको छ।
- 'धुरन्धर'का २ लाख ७४ हजार ७२३ टिकट र 'अवतार : फायर एन्ड यश'का १ लाख १४ हजार ३१ टिकट बिक्री भएका छन्।
काठमाडौं । प्रदर्शन भैरहेका विदेशी फिल्मले पछिल्लो साता नेपाली बक्सअफिसमा कति कमाए ? चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ ।
रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले १२ पुसको शनिबारसम्म नेपालभर ९ करोड हाराहारीमा कमाइ गरेको छ ।
फिल्मले ८ करोड ९९ लाख ९३ हजार २८८ नेरु ग्रस ग्रस कमाइ गर्यो । सोही अवधिमा फिल्मका २ लाख ७४ हजार ७२३ वटा टिकट बिकेका छन् ।
‘अवतार : फायर एन्ड यश’ ले ४ करोड ६५ लाख ७५ हजार ४७० नेरु ग्रस कमाएको छ । यसका १ लाख १४ हजार ३१ वटा टिकट बिकेका छन् ।
धनुष स्टारर भारतीय फिल्म ‘तेरे इश्क मेँ’ ले ३ करोड ६२ लाख ७ हजार ५८८ नेरु ग्रस कमाएको छ ।
‘शोले’ ले २ लाख २४ हजार ९५० नेरु ग्रस कमाएको छ । ‘मिलियन भ्यूज’ ले १९ हजार २५० नेरु ग्रस कमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4