+
+
Shares

रवि-बालेन-कुलमान वार्ता : अन्तरा होटलबाट सुदनकै गाडीमा गएका थिए कुलमान

रवि लामिछाने र कुलमान घिसिङसँगको वार्तामा काठमाडौं महानगरका मेयर बालेन शाह पनि सहभागी छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा रवि लामिछाने, कुलमान घिसिङ र मेयर बालेन शाहबीच त्रिपक्षीय वार्ता भइरहेको छ।
  • जेनजीका अगुवा सुदन गुरुङ, जेम्क कार्की र ओजस्वी थापाले कुलमानलाई वार्तास्थल पुर्‍याएका थिए।
  • वार्ता सकारात्मक रहेको र सहमति नजिक रहेको जेनजीका एक अगुवाले अनलाइनखबरलाई बताए।

१४ पुस, काठमाडौँ । रवि लामिछाने र कुलमान घिसिङसँगको वार्तामा काठमाडौं महानगरका मेयर बालेन शाह पनि सहभागी छन् । बौद्धको अन्तरा होटलबाट पार्टी नेतासँग छलफल गरेर वार्तास्थल पुगेका कुलमानले रास्वपा सभापति रवि र बालेनसँग वार्ता गरिरहेका छन् ।

स्रोतका अनुसार द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङ, जेम्क कार्की र ओजस्वी थापाले गाडीमा राखेर कुलमानलाई वार्तास्थल पुर्‍याएका थिए ।

यसअघि सुदन गुरूङले रास्वपा कार्यालयमै गएर केन्द्रीय समिति बैठक सुरू हुनुअघि कुलमानलाई पनि मिलाएर लैजान दबाब दिएका थिए ।

यी मध्येका एक जेनजी अगुवाले अनलाइनखबरसँग भने, ‘हामीले गएर उहाँलाई अनुरोध गर्‍यौँ । त्यसपछि गाडीमै बोकेर वार्तास्थलसम्म ल्यायौँ । बाटोभरी कुलमान ज्यूको मुड हेर्दा, उहाँ अब रास्वपासँग मिल्न एकदम सकारात्मक हुनुहुन्छ । अहिले वार्ता जारी छ । बालेन, रवि र कुलमानबीच त्रिपक्षीय वार्ता चलिरहेको छ ।’

वार्ता सकारात्मक भइरहेको र सहमति नजिक रहेको ती जेनजी अगुवाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?