News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लामाथि ४-१ गोलअन्तरको जित निकाल्दै शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ।
- आर्सनलका गाब्रियल मागाल्स, मार्टिन जुबिमेन्डी, लियान्द्रो ट्रोसार्ड र गाब्रियल जेससले एक-एक गोल गरेका छन्।
- जितपछि आर्सनलको १९ खेलमा ४५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको सिटीले एक खेल कम खेलेर ४० अंक जोडेको छ।
१६ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । गएराति भएको खेलमा एस्टन भिल्लामाथि ४-१ गोलअन्तरको जित निकाल्दै आर्सनलले शीर्षमा पाँच अंकको अग्रता बनाएको हो ।
आर्सनलको जितमा गाब्रियल मागाल्स, मार्टिन जुबिमेन्डी, लियान्द्रो ट्रोसार्ड र गाब्रियल जेससले एक-एक गोल गरे । भिल्लाका ओली वाट्किन्सले सान्त्वना गोल गरे ।
खेलको ४८औं मिनेटमा मागाल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा जुबिमेन्डीले अग्रता दोब्बर पारे ।
६९औं मिनेटमा ट्रोसार्ड तथा ७८औं मिनेटमा जेससले गोल गरेपछि आर्सनल ४-० को क्लिन शिट जिततर्फ अघि बढेको थियो । वाट्किन्सले इन्जुरी समयको चौथो मिनेटमा सान्त्वना गोल गरे ।
जितपछि शीर्षस्थानको आर्सनलको १९ खेलमा ४५ अंक भएको छ । दोस्रो स्थानमा रहेको सिटीले एक खेल कम खेलेर ४० अंक जोडेको छ । एस्टन भिल्ला १९ खेलमा ३९ अंकसहित तेस्रोमा छ ।
प्रतिक्रिया 4