+
+
Shares

कांग्रेस-एमालेले भ्रष्टाचारलाई संस्थागत गरे, नयाँ भनिनेबाट पार लाग्ने देखिएन: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस र नेकपा एमालेले देशमा सुशासन कायम गर्न नसक्ने टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १५:३८

१६ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस र नेकपा एमालेले देशमा सुशासन कायम गर्न नसक्ने टिप्पणी गरेका छन् ।

बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले यी दुई दलले भ्रष्टाचारलाई संस्थागत गर्ने आरोप लगाएका हुन् । उनले रास्वपासहितका नयाँ दलप्रति लक्षित गर्दै कहाँबाट परिचालत भएका छन् भन्ने थाहै नभएको बताए ।

‘कांग्रेस र एमालेले सुशासन कायम गर्न सक्दैनन् । भ्रष्टाचारलाई संस्थागत गर्ने मात्रै हो ।
नयाँ भनिनेबाट पनि पार लाग्ने देखिएन । कहाँबाट परिचालिन छन् भन्ने अझै उदांगो भएको छैन । रहस्यमै छ,’ उनले भने, ‘याँ उदयीमान शक्ति भनिनेहरूमा युक्रेनी राष्ट्रपति जेलेन्सी प्रवृत्ति देखिरहेको छु । चर्का भाषण गर्ने, लोकप्रिय बन्ने तर मुलुकलाई बर्बाद पार्ने आशंका देखिएको छ । युवाहरूले जुन आमूल परिवर्तनको कुरा गर्नुपर्ने यस्तो भएन ।’

उनले अहिलेको व्यवस्था फेल भइसकेको र राज संस्था र हिन्दूराज्य नै देशका लागि उपयुक्त हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?